आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मदन भण्डारी फाउण्डेसनलाई दिइएको आर्थिक सहायता रकम फिर्ता

सोमबार, १७ जेठ २०७८, १९ : ४७
सोमबार, १७ जेठ २०७८

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले मदन भण्डारी फाउण्डेसनलाई दिएको ५० लाख रुपैयाँको आर्थिक सहायता रकम फिर्ता भएको बताएका छन् । सोमबार बसेको बागमती प्रदेशसभाको ८ औं अधिवेशनको दोस्रो बैठकमा सरकारका तर्फबाट जवाफ प्रस्तुत गर्दै मुख्यमन्त्री पौडेलले विगतदेखि नै प्रदेशसभाको बैठकमा प्रतिपक्ष दलहरुले उठाउँदै आएका विषयलाई सम्बोधन गर्ने र प्रदेश सरकारले तत्काल फाउण्डेसनलाई दिएको सो अनुदान फिर्ता लिएको बताएका हुन् । 

त्यस्तै मुख्यमन्त्री पौडेलले जनतालाई केन्द्रविन्दुमा राखेर सरकारले ल्याएको नीति कार्यक्रम परिणाममुखी भएको दावी गर्दै प्रदेशमा विद्युतीय बस सञ्चालन गर्न सरकारले चार्जिङ्ग स्टेसनको भौतिक निर्माणका लागि बोलपत्र आह्वान भइसकेको र केही दिनभित्रै प्रदेश सरकारले विद्युतीय बस खरिदका लागि सम्झौता गर्ने बताए । 

प्रदेश सरकारले कोरोना संक्रमितहरुको उपचारका लागि तत्काल प्रदेशका १३ वटै जिल्लाका अस्पतालमा गुणस्तरीय सेवा प्रदान गर्न निर्देशन दिएको र सो कार्यका लागि सरकारले हालसम्म रु ३१ करोड रकम खर्च गरेको उनको भनाई छ ।  सरकारले आगामी आव २०७८/०७९ का लागि ल्याइने बजेट, नीति कार्यक्रममा कोरोना संक्रमण नियन्त्रण एवम् भौतिक पूर्वाधारको विकास र  रोजगारीको सृजनालाई उच्च प्राथमिकताको साथ कार्यान्वयन गर्ने उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप