सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

आज संवैधानिक इजलासबाट दुई न्यायाधीश अलग हुनेबारे निर्णय भएन

सोमबार, १७ जेठ २०७८, २० : ४४
सोमबार, १७ जेठ २०७८

काठमाडौं । संवैधानिक इजलासबाट न्यायाधीश बमकुमार श्रेष्ठ र तेजबहादुर केसी अलग हुने अथवा बस्नेबारे सोमबार निर्णय हुन सकेन । प्रतिनिधिसभा विघटन मुद्दाको पेशी स्थगित गरिएको हुनाले आज त्यसबारे निर्णय हुने अपेक्षा गरिएको थियो । तर, साँझसम्म त्यसबारे कुनै निर्णय नभएको सर्वोच्च अदालतका एक उच्च अधिकृतले रातोपाटीलाई बताए ।

विघटन मुद्दाको पेशी मंगलबार हेर्दाहेर्दैमा राखिएको छ । इजलास बस्नुअघि न्यायाधीशहरूले बेन्च छाड्ने वा नछाड्ने भन्नेबारे निर्णय हुने बताइएको छ । प्रधान न्यायाधीश चोलेन्द्रशम्शेर जबराले बेन्चमा बस्ने वा अलग हुनेबारे निर्णय गर्ने अधिकार न्यायाधीशलाई भएको संकेत गर्दै भनेका थिए–‘श्रीमानहरुले के भन्नुहुन्छ ?’ न्यायाधीशहरूले त्यसबारे कुनै निर्णय नगरेको सर्वोच्चका ती अधिकारीले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप