रोपाइँको रमाइलो, तस्बिरमा हेर्नुहोस्
मङ्गलबार, १८ जेठ २०७८, ११ : ०५
देश यतिबेला कोरोना महामारीको दोस्रो लहरसँग संघर्षरत छ । मानिसहरु लकडाउनका कारण घरमा नै सिमित हुन बाध्य छन् । तर किसानहरू कहाँ घरमा सिमित हुन पाउनु ? आफ्नो कृषि कर्मलाई निरन्तरता दिनै पर्यो । वर्षा सुरु भएपछि किसानहरू रोपाइँमा व्यस्त हुन थालेका छन् । काठमाडौँको साँखु पुग्दा किसानहरू रोपाइँ गर्न व्यस्त थिए । नाचगान र रमाइलो गर्दै हिलोमा छुपुछुपु रोपाइँ गर्दै थिए ।
हेरौँ फोटोपत्रकार सुवास श्रेष्ठले कैद गरेका केही तस्विरहरुः