सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

काँग्रेसले बनायो स्वयंसेवी समूह, यसरी हुनेछ काम (विज्ञप्तिसहित)

मङ्गलबार, १८ जेठ २०७८, १५ : ०७
मङ्गलबार, १८ जेठ २०७८

नेपाली काँग्रेसले बायो मेडिकल इञ्जिनियरहरूको स्वयंसेवी समूह निर्माण गरेको छ । कोरोना उपचारका उपकरणहरुको पुनर्निर्माणमा अस्पताल, स्वास्थ्य संस्थाहरू एवं आवश्यक व्यक्तिहरुलाई देशव्यापी रूपमा निःशुल्क सेवाको उद्देश्यका साथ काँग्रेसले ‘स्वास्थ्य उपकरण सहजीकरण अभियान’ सञ्चालन गरेको हो ।

कोरोनाको महामारीबाट दैनिक रूपमा सय बढीको मृत्यु भइरहेको यो स्थिति नियन्त्रण गर्दै नागरिकको रक्षा गर्न र महामारी उपर विजय हासिल गर्न यो अभियानले सहयोग पुग्ने काँग्रेसको विश्वास छ । देशभरका अस्पताल, स्थानीय स्वास्थ संस्थाहरु अथवा होम आइसोलेसनमा रहेका संक्रमितले प्रयोग गरिरहेका उपकरणहरूमा कुनै पनि प्रकृतिको प्राविधिक समस्या देखिए तिनको निःशुल्क मर्मत र समाधान गर्ने र उपकरणको सहि ढंगले प्रयोग गर्न आवश्यक ज्ञान जरुरी परेकालाई माध्यमबाट प्रशिक्षित गर्ने गरी अभियानको दुई लक्ष्य रहेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप