सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

आफैँले चलाएको ट्रयाक्टरले थिचेर मृत्यु

मङ्गलबार, १८ जेठ २०७८, २० : २१
मङ्गलबार, १८ जेठ २०७८

आज साँझ आफैँले चलाएको ट्रयाक्टरले थिचेर एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा चालक ऋषिङ गाउँपालिका घर भएका २८ वर्षीय भीमबहादुर थापा छन् ।  व्यास नगरपालिका–५ चापघाटबाट झापुटारतर्फ जाँदै गरेको ग १ त २६३२ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई सडकबाट करीब ४०  मिटर खस्दा त्यसैले थिचेर थापाको मृत्यु भएको  प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

शव परीक्षणका लागि दमौली अस्पतालको शवगृहमा राखिएको तथा ट्रयाक्टर क्रेनका माध्यमबाट बाहिर निकाल्ने प्रयास भइरहेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप