थापाको अभाव नेपाली राजनीतिक क्षेत्रले लामो समय महसुस गर्छ : एमाले
मङ्गलबार, १८ जेठ २०७८, २२ : ५९
नेकपा (एमाले) ले विवेकशील साझा पार्टीका पूर्व संयोजक उज्ज्वलबहादुर थापाको निधनले नेपाली राजनीतिक क्षेत्रले लामो समय अभाव महसुस गर्ने बताएको छ । पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङद्वारा जारी विज्ञप्तिमा थापाको राजनीतिक दर्शन नेपाली युवाका लागि प्रेरणाको स्रोत रहेको उल्लेख गर्दै उनी नेपालको राजनीतिक क्षितिजमा नयाँ आशा र दृष्टिकोणसहित उदाउँदै गरेको एक राजनीतिक र सामाजिक व्यक्तित्व भएको जनाइएको छ ।
एक असल राजनीतिक मित्र गुमाएको जनाउँदै एमालेले उनीप्रति श्रद्धाञ्जलीका साथ परिवारजन र पार्टीप्रति समवेदना व्यक्त गरेको छ ।