आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

चीनको दोस्रो खोपलाई डब्ल्यूएचओको मञ्जुरी, सिनोभ्याकमा आखिर के छ विशेषता ?

बुधबार, १९ जेठ २०७८, १० : ४८
बुधबार, १९ जेठ २०७८

विश्व स्वास्थ्य संगठनले कोभिड–१९ का लागि चीनमा बनेको अर्को एउटा खोपलाई पनि आपतकालीन मञ्जुरी दिएको छ । यो खोप चीनको फर्मा कम्पनी सिनोभ्याकले तयार गरेको हो ।

यसअघि डब्ल्यूएचओले सिनोफार्माको खोपलाई अनुमति दिएको थियो ।

डब्ल्यूएचओले विभिन्न देश, एजेन्सी र समुदायलाई यो खोप सुरक्षा र प्रभावको हिसाबले अन्तरराष्ट्रिय मापदण्डमा खरो उत्रिएको विश्वास दिलाएको छ ।

यो खोपले आपतकालीन मञ्जुरी पाएपछि अब यसलाई कोभ्याक्स कार्यक्रम अन्तर्गत पनि प्रयोग गर्न सकिनेछ जसको उद्देश्य समान रुपमा सबैका लागि खोप उपलब्ध गराउनु हो ।

 यद्यपि, यो देश पहिले देखि नै थुप्रै देशमा प्रयोग हुँदै आएको छ । यसलाई १८ वर्ष माथिका मानिसहरु दिन सकिन्छ । यो भ्याक्सिनको पनि दुई डोज नै लिनुपर्छ । दोस्रो डोज पहिलो डोज लिएको दुईदेखि चार हप्ता पछि लगाउन सकिन्छ ।

विश्व स्वास्थ्य संंगठनका अनुसार आपतकालीन मञ्जुरीको अर्थ यो भ्याक्सिनले सुरक्षा, प्रभाव र उत्पादनका लागि सबै अन्तरराष्ट्रिय मानकलाई पूरा गर्छ ।

अनुसन्धानमा पत्ता लागे अनुसार जसलाई सिनोभ्याक भ्याक्सिन लगाइएको थियो, तीमध्ये आधाभन्दा बढी मानिसहरुमा संक्रमणको लक्षण देखिएको थिएन । र भ्याक्सिन लगाइसकेका मानिसहरुमा अनुसन्धान गर्दा तीमधये कसैमा पनि गम्भीर लक्षण देखिएन र तीमध्ये कसैलाई पनि अस्पताल भर्ना हुन परेन ।

यो भ्याक्सिनले मञ्जुरी पाएपछि यसले ‘कोभ्याक्स कार्यक्रम’ लाई बलियो बनाउने आशा राखिएको छ, जुन हाल भ्याक्सिन आपूर्तिको समस्यासँग जुधिरहेको छ ।

स्वास्थ्य उत्पादनका लागि विश्व स्वास्थ्य संगठनकी सहायक महानिर्देशक डाक्टर मरियांजेला सिमाओले भनिन्, ‘संसार भरी व्याप्त असमानतालाई हटाउनका लागि यहाँ कोभिड–१९ का थुप्रै खोप आवश्यकता छ । हामी औषधी उत्पादकलाई कोभ्याक्ससँग साझेदारी गर्न, आफ्नो जानकारी साझा गर्न अनुरोध गर्छौं ताकि यो महामारीलाई नियन्त्रण गर्न सकियोस् ।’

भ्याक्सिनको अन्तर्राष्ट्रिय साझेदारीका लागि डब्ल्यूएचओको मञ्जुरी आवश्यकता पर्छ । त्यसपछि मात्रै खोप आपूर्ति हुन सक्छ ।

बीबीसी
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप