सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

एमालेले आज पनि बोलायो बैठक : के गर्ला निर्णय ?

बुधबार, १९ जेठ २०७८, १० : ५५
बुधबार, १९ जेठ २०७८

आन्तरिक विवादको भुमरीमा फसेको सत्तारुढ दल नेकपा एमालेको स्थायी कमिटीको बैठक बुधबार पनि बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा चार बजेलाई बैठक बोलाइएको स्थायी समिति सदस्य छविलाल विश्वकर्माले जानकारी दिए ।

बैठकमा पार्टी एकताका लागि दोस्रो तहका नेताबीच भएका छलफलबारे ब्रिफिङ गर्ने तयारी छ । साथै बजेट र लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभा उप निर्वाचनलगायतका विषयमा छलफल हुने नेताहरुले बताएका छन् । नेता माधव नेपाल पक्षले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेकाले लगभग एकता टरिसकेको निश्कर्ष निकालेको ओली पक्षले एकताका लागि भन्दै अन्तिम समयसम्म पहल गर्ने मंगलबारको बैठकले निर्णय गरेको थियो ।

यद्यपी एमाले एकता टरिसकेको निष्कर्षमा अध्यक्ष ओली र माधव नेपाल दुवै पुगिसकेका छन् । तर, यसअघि स्पष्टिकरण सोधिएका १२ जना नेतालाई कारवाही रोकेर ओली पक्षले उनीहरुलाई आफूतिर ल्याउने प्रयास गरिरहेको छ ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप