सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

गुल्मीमा गोरु मारेको आरोपमा ३ जना पक्राउ

बुधबार, १९ जेठ २०७८, १३ : २८
बुधबार, १९ जेठ २०७८

प्रहरीले गोरु मारेको आरोपमा ३ जनालाई पक्राउ गरेको छ । मालिका गाउँपालिका वडा नम्वर–२ , पाटा खर्कमा स्थानीय  युवराज बोहराको गोठमा बाँधिएका एक हल गोरु घनले हानेर मारेको आरोपमा उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा पाटाखर्क कै १९ वर्षीय लोकेन्द्र बोहरा र नाम गोप्य राखिएका दुई बालकसहित ३ जना पक्राउ परेका हुन् ।

जेठ १६ गते घनले हानेर गोरु मारी पेट चिरेर पित्त झिकेको आरोपमा दुई बालकसहित ३ जनालाई पक्राउ गरि ल्याउँदै गरिएको जिल्ला प्रहरी प्रमुख एसपी गोपाल चन्द्र भट्टराईले जानकारी  दिए । घटनाबारे थप अनुसन्धान भैरहेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप