गण्डकीमा एकैदिन १ हजार ३७२ जना कोरोना संक्रमणमुक्त, संक्रमितको संख्या ८३८
पोखरा । गण्डकी प्रदेशमा थप ८३८ जना कोरोनामा संक्रमण पुष्टि भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा २ हजार २४६ जनाको नमुना परीक्षण गरिएकोमा थप ८३८ जनामा कोरोना संक्रमण देखिएको हो । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ४१५ जना महिला र ४२३ जना पुरुषको कारोना संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिए ।
उनका अनुसार कास्कीमा १५१, म्याग्दी ३६, स्याङ्जा १३३, बाग्लुङ ११२, पर्वत ३४, तनहुँ ५५, गोरखा १२७, लमजुङ ७३ र नवलपुर ११७ जनामा कोरोना पुष्टि भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४३ हजार ८३५ पुगेको छ ।
प्रदेशमा पछिल्लो २४ घण्टामा १ हजार ३७२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ३३ हजार २५१ पुगेको छ । गण्डकीमा थप १३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । प्रदेशमा अहिलेसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७०७ पुगेको छ ।