बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

नेपालमा कोभिड–१९ विरुद्धको लडाईमा एयरबस फाउन्डेसनको सहयोग

बुधबार, १९ जेठ २०७८, १९ : १०
बुधबार, १९ जेठ २०७८

काठमाडौं । यूरोप र विदेश मामिला सम्बन्धी फ्रान्सेली मन्त्रालयको संकट तथा सहायता केन्द्र (सीडीसीएस)सँग मिलेर एयरबस फाउन्डेसनले स्वरुप नेपालमा कोभिड–१९ मा सहायता ७ टन चिकित्सकीय उपकरणहरु पठाएको छ । 

सहायता सामग्रीहरु बोकेर एयरबस परीक्षण विमान ए ३५० ले फ्रान्सबाट नयाँ दिल्ली हुँदै काठमाडौं उडान भरेको छ । सीडीसीएस फ्रान्सको स्वास्थ्य मन्त्रालय तथा भिजाइरे सोलिडेरद्वारा उपलब्ध गराइएको सहायता सामग्रीहरूमा मास्कहरु, सुरक्षा चश्माहरु, रेस्पिरेटर्स साथसाथै एन्टिजेन परीक्षण उपकरणहरु रहेका छन् । 

एयरबस फाउन्डेसनका निर्देशक रचेल स्क्रोइडरले भने, ‘नेपालको अवस्था अझै पनि गम्भिर भएकाले हामीलाई उपलब्ध भएका स्रोतहरूका साथ सहायता गर्न प्रतिबद्ध छौं । आशा छ हाम्रो यो योगदानले प्रभावितहरुलाई थप राहत पुग्नेछ ।’

सहायता सामग्रीहरु बोकेको विमान जेठ १९ गते नयाँ दिल्लीबाट काठमाडौं आइपुगेको हो । एयरबस फाउन्डेसनले भारतमा पनि कोभिड–१९ को दोस्रो लहरबाट प्रभावितहरूका लागि प्रदान गरिएका मेडिकल उपकरणहरु पु¥याएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप