बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

किष्ट अस्पतालमा निःशुल्क कोभिड ओपीडी संचालन

बुधबार, १९ जेठ २०७८, १९ : १८
बुधबार, १९ जेठ २०७८

काठमाडौं । कोभिड–१९ रोगका बिरामीका लागि किष्ट शिक्षण अस्पतालले निःशुल्क ओ.पी.डी. सेवा शुरु गरेको छ ।

अस्पतालले कोभिड ओ.पी.डी. मा बिरामीहरूका लागि क्लिनिकल परामर्श, आहार परामर्श र फिजियोथेरापी जस्ता सेवाहरु निःशुल्क उपलब्ध गरेको छ । साथै कोभिड बिरामीहरूका लागि अन्य सेवाको परामर्श चाहिएमा आवश्यकता अनुसार निःशुल्क रुपमा उपलब्ध गराउने जानकारी किष्ट शिक्षण अस्पतालले गराएको छ ।

सामान्य आर्थिक अवस्था तथा होम आइसोलेसनमा बसेका बिरामीहरुको लागि सहज रुपमा आएर जचाउने व्यवस्था गरिरहेको पनि अस्पतालले जनाएको छ । 

विशेषज्ञ चिकित्सकसहितको टोलीको परामर्श रहने यस ओ.पी.डी. सेवाले बढी भन्दा बढी सस्पेक्टेड कोभिड कोभिड पोजिटिभ र पोष्ट कोभिडको उपचार सहितको परामर्श गर्ने विश्वास दिलाएको छ ।

उच्च मृत्युदर, पोष्ट कोभिड समस्या जस्ता भयावह स्थिति आउन नदिन बेलैमा उपचारको फाइदा उठाउन यस शिक्षण अस्पतालले सबैलाई आग्रह गरेको छ । लामो समयदेखि कोभिड भई उपचार गराएर ठिक भएका बिरामीहरूका लागि पनि कालो ढुसीको सम्भावना रहेकोले ईएनटी र म्याक्सिलोफेसियल सर्जनद्वारा निःशुल्क ओ.पी.डी. स्क्रिनिङ तथा परामर्श गरिरहेको पनि अस्पतालले जनाएको छ । ओ.पी.डी.सेवा शनिबार बाहेक हरेक दिन बिहान १० बजे देखि १२ बजे सम्म संचालन रहने पनि अस्पतालले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप