सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कोरोना जित्दै कर्णाली : एकैदिन ६१० जना संक्रमण मुक्त, थप ३ जनाको मृत्यु

बुधबार, १९ जेठ २०७८, २० : ४९
बुधबार, १९ जेठ २०७८

सुर्खेत ।  कर्णालीमा विगत केही समयदेखि निरन्तर डिस्चार्ज हुनेको संख्या बढ्दै गएको छ । हिजो १८  गते ४४९ जनाले कोरोना जितेकोमा आज एकैदिन थप ६१० जनाले कोरोना भाइरसलाई जितेर डिस्चार्ज भएका छन् ।  योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्यामा समेत कमी आएको स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले जनाएको छ । 

आज ३५९ जनामा गरिएको आरटी पीसिआर विधिबाट गरिएको परीक्षणबाट १५१ जना र ६५७ जनामा गरिएको एन्टिजेन विधिबाट गरिएको परीक्षणबाट १९० जनामा कोरोना भाइरस पुष्टि भएको छ ।  आज ४४० जना थप आइसोलेशनमा थपिएका छन् भने सक्रिय संक्रमितको संख्या ४ हजार ९२९ जना रहेका छन् । यस्तै आज थप तीन जनाको मृत्यु भएको छ । हिमाली जिल्ला मुगुमा एक र सुर्खेतमा २ जना गरी ३ जनाको  कोरोनाबाट मृत्यु भएको छ । यो सँगै कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २५१ पुगेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप