बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

लालबन्दी स्वास्थ्य केन्द्रलाई अढाइ लाख बराबरको सामग्री हस्तान्तरण

बुधबार, १९ जेठ २०७८, २२ : १९
बुधबार, १९ जेठ २०७८

डेढ दशक अघिसम्म एउटै कक्षामा अध्ययन गर्दै हाल विभिन्न पेशा, व्यवसायमा आवद्ध रहेका युवाहरुको एक समूहले आफ्नो जन्मथलोस्थित स्वास्थ्य केन्द्रलाई कोरोना महामारीविरुद्ध लड्न सामुहिक रुपमा विभिन्न स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।

सर्लाहीको लालबन्दी नगरपालिकास्थित जनज्योति उच्च माविबाट ०६२ सालमा एसएलसी उत्तीर्ण गरी आ–आफ्नो पेशागत जीवनमा संलग्न युवाले बुधबार कोभिड–१९ महामारी न्यूनीकरण तथा उपचारका लागि लालबन्दी स्वास्थ्य केन्द्रलाई २ लाख पचास हजार रुपैयाँ बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।

नगर क्षेत्रमा कोरोना रोकथाम तथा नियन्त्रणमा सघाउ पु¥याउने उद्देश्यले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको सहयोगदाताहरुको भनाइ छ ।

स्वास्थ्य केन्द्रका अध्यक्ष तथा लालबन्दी–९ का वडाध्यक्ष गोपालप्रसाद घिमिरेले सेनिटाइजर, फेस सिल्ड, सर्जिकल मास्क, केएन ९५ मास्क, पीपीई, गाउन, अक्सिजन कन्सन्ट्रेटर र ग्लोब्सलगायतका सामग्री प्राप्त भएको बताए ।

कोरोना महामारी कुनै एक क्षेत्र वा एक देशको मात्र समस्या नभएर विश्व नै प्रभावित भएको बेला आफ्नो गाउँठाउँका युवाले सामूहिक प्रयासमा यसरी सहयोग जुटाउनु प्रशंसनीय कार्य भएको उनले बताए ।

स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा वडा नम्बर–७ का अध्यक्ष सुरेन्द्र कुमार न्यौपाने, लालबन्दी नगर स्वास्थ्य शाखाका सुरेन्द्र खतिवडा, डा. विवेक यादव, डा. अनिल मिजार, नर्सिङ्ग इन्चार्ज जिना गोले, एचए राजकुमार सिंह लगायत उपस्थित थिए ।

यस्तै पूर्व विद्यार्थीका तर्फबाट किरण घिमिरे, राजकुमार सिंह, श्याम पौडेल, ईश्वर बराल, दिपक आले, समीर खतिवडा लगायतको उपस्थिति थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप