निषेधाज्ञाका बीच पशुपति गुरुयोजनाको काम निरन्तर, तस्बिरमा हेर्नुहोस्
कोरोनाभाइरसका कारण जारी निषेधाज्ञाका बीच पशुपति क्षेत्र विकास संरक्षण गुरुयोजनाको काम जारी रहेको छ । स्वास्थ्य मापदण्डको पालनाका साथ गुरुयोजनाको काम जारी राखिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
सरकारले गुरुयोजना विस्तारका लागि आगामी आर्थिक वर्षमा समेत ३५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
गत शनिबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको बजेट वक्तव्यमा आर्थिक वर्ष २०७८–२०७९ मा पशुपति क्षेत्रका सम्पदा पुनर्निर्माणलाई तीव्रता दिइने उल्लेख छ ।
विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रका विभिन्न संरचनामा ०७२ सालको भूकम्पले क्षति पुगेको थियो । सो संरचनाको मर्मतसहित पशुपतिको बृहत्तर विकास गर्ने लक्ष्यका साथ काम भइरहेको हो । उसो त पशुपतिनाथको प्राचीनता मासिने गरी गुरुयोजना तयार गरिएको भन्दै अभियन्ताहरुले विरोध समेत गर्दै आएका छन्।