सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कलाकार महादेव त्रिपाठी अस्पताल भर्ना

बिहीबार, २० जेठ २०७८, १२ : ३०
बिहीबार, २० जेठ २०७८

काठमाडौंँ । चर्चित हास्य कलाकार महादेव त्रिपाठी अस्पताल भर्ना भएका छन् । गत राती मोवाइल चार्ज गर्न खोज्दा मोबाइलको पावर बैंक पड्किएर घाइते भएका उनलाई उपचारका लागि राती नै स्टार अस्पताल भर्ना गरिएको हो । त्रिपाठीको अहिले अस्पतालको इमर्जेन्सी वाडमा उपचार भइरहेको छ ।

‘मोवाइलको ब्याट्री सकियो भनेर चार्ज गर्न खोज्दै थिए । एक्कासी पावर बंैक पड्कियो’ त्रिपाठीले भने, ‘पावर बैंक पड्किँदा ठुलो बिजुलीको झट्का दिँदो रहेछ ।’ बिजुलीको झड्का पछि आफु बेहोस भएको र होस खुल्दा अस्पतालमा पाएको त्रिपाठीले सुनाए ।

त्रिपाठीले अहिले आफ्नो अवस्था एकदमै ठिक रहेको बताए । ‘डाक्टरले केही क्षणमा डिस्चार्ज गर्ने भन्नुभएको छ’ त्रिपाठीले थपे ‘घरमा भने एक साता आराम गर्नु सुझाउनु भएको छ ।’ पछिल्लो समय ‘कुरि कुरि’ सिरियरमा अभिनयरत त्रिपाठी नेपाली जादुगरको रुपमा समेत चर्चित छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप