सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

हुम्लामा पहिलोपटक कोरोनाबाट एक जनाको मृत्यु

बिहीबार, २० जेठ २०७८, १५ : २५
बिहीबार, २० जेठ २०७८

हिमाली जिल्ला हुम्लामा कोरोना संक्रमणका कारण पहिलोपटक एक जनाको मृत्यु भएको छ । जिल्ला अस्पताल ल्याउने क्रममा  सर्केगार्ड गाउँपालिका – २ को रिप गाउँका ५७ वर्षीय पुरुषको बाटोमै मृत्यु भएको हो । उनलाई उपचारका लागि जिल्ला अस्पतालमा ल्याउन लागिएको थियो । जिल्लामा कोरोनाबाट मृत्यु भएको यो पहिलो केश भएको हुम्लाका प्रहरी नायव उपरिक्षक हेरम्भ शर्माले जानकारी गराए ।

सर्केगार्ड गाउँपालिकाको स्वास्थ्य चौकीमा उपचार गर्न सम्भव नभएपछि जिल्ला अस्पतालमा थप उपचारका लागि ल्याउने क्रममा उनको मृत्यु भएको हो । स्वास्थ्य चौकीमा उपचार नहुने भएपछि बिहीबार बिहान उपचारका लागि दुई जना छोराहरुले स्टेचरमा बोकेर ल्याउने क्रममा दुल्ली कुनामा मृत्यु भएको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप