सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सप्तरीमा करेन्ट लागेर महिलाको मृत्यु

बिहीबार, २० जेठ २०७८, १५ : ५५
बिहीबार, २० जेठ २०७८

डाक्नेश्वरी नगरपालिकामा आज एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ । खेतमा तरकारी टिप्न गएकी डाक्नेश्वरी नगरपालिका–३ तरहीकी ५५ वर्षीया इनरदेवी रायको मृत्यु भएको साविक तरही गाविसका पूर्वअध्यक्ष शोभानन्द रायले जानकारी दिए ।

स्याल, सुङ्गुरबाट सुरक्षाका लागि खेतमा बिच्छ्याइएको नाङ्गो तारमा करेन्ट लागेर मृत्यु भएको स्थानीयवासीले जानकारी दिएका छन् । घटनास्थलमै महिलाको मृत्यु भएको र प्रहरीलाई खबर गरिएको मृतकका श्रीमान् रामवृक्ष रायले बताए । शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप