सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कर्णालीमा थप ५३० जनाले जिते कोरोना, थप ६ जनाको मृत्यु

बिहीबार, २० जेठ २०७८, १९ : ०५
बिहीबार, २० जेठ २०७८

कर्णालीमा आज एकैदिन थप ५३० जनाले कोरोना भाइरस (कोभिड–१९) लाई जितेर डिस्चार्ज भएका छन् । योसँगै कर्णालीमा कोरोना जित्नेको संख्या १७ हजार ८ सय ५२ पुगेको छ । यस्तै आज थप २९८ जनालाई कोरोना पुष्टि भएको छ । २९४ जनामा गरिएको आरटी पीसिआर परीक्षणबाट १३५ र ५८० जनामा गरिएको एन्टिजेट विधिबाट गरिएको परीक्षणबाट १४५ जनामा कोरोना पुष्टि भएको हो । 

हाल सक्रिय संक्रमितको संख्या ४ हजार ९६६ रहेको छ भने आज थप २८७ जना थपिएका छन् । यस्तै आज मृत्युदर भने बढेको छ । आज एकैदिन थप ६ जनाको संक्रमणबाट मृत्यु भएको छ ।  मृत्यु हुनेमा हिमाली जिल्लामा हुम्लामा १, रुकुम पश्चिममा १ र सुर्खेतमा चार जनाको मृत्यु भएको छ । हुम्लामा मृत्यु भएको पहिलो केस हो । योसँगै कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २५७ पुगेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप