सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कर्णाली प्रदेश : प्रदेशसभाको आठौँ अधिवेशन आह्वानका लागि अनुरोध गर्ने सर्वदलीय बैठकको निर्णय

बिहीबार, २० जेठ २०७८, २० : ०१
बिहीबार, २० जेठ २०७८

सुर्खेत । प्रदेश सरकारले बजेट अधिवेशन बोलाउन आनाकानी गरेपछि सर्वदलीय बैठकले बैठक आह्वानका लागि सरकारलाई अनुरोध गर्ने भएको छ । प्रदेशसभाका सभामुख राजबहादुर शाहीको अध्यक्षतामा बिहीबार बसेको बैठकले सो निर्णय गरेको हो । 

प्रदेशसभा सचिवालयका सूचना अधिकारी उपेन्द्र गुरुङले भने, ‘संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरु बसेर संसद आह्वान गर्नका लागि अनुरोध गर्ने भनेर निर्णय भएको छ ।’ बैठकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको कुरालाई मध्यनजर गर्ने हो भने आगामी २४ गते सम्म बैठक आह्वान गर्ने सोच देखिएको छ’ उनले भने । 

प्रतिपक्षी दल नेकपा एमालेले भने बजेट अधिवेशन बोलाउन आह्वान गरिसकेको छ । सरकारले कोरोना महामारीको अबस्थालाई मध्यनजर गर्दै प्रि–बजेट छलफल बिनै पूर्ण बजेट ल्याउने तयारी गरेको थियो । यद्यपि, प्रतिपक्षले भने प्रि–बजेट सामाजिक दुरी कायम गरेरै भएपनि छलफलमा ल्याउनुपर्ने प्रतिपक्षले माग गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप