सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कर्णाली सरकारमा काँग्रेसबाट बिसी र श्रेष्ठको नाम सिफारिस

बिहीबार, २० जेठ २०७८, २० : ४८
बिहीबार, २० जेठ २०७८

सुर्खेत । नेपाली काँग्रेसले कर्णाली सरकारमा दुई मन्त्रीको नाम सिफारिस गरेको छ । काँग्रेसले सुर्खेतका यज्ञबहादुर बिसी र जुम्लाका दिनबन्दु श्रेष्ठलाई मन्त्री बनाउन सिफारिस गरेको हो ।  आज साँझ बसेको संसदीय दलको बैठकले बिसी र श्रेष्ठलाई सरकारमा पठाउने निर्णय गरेका संसदीय दलका नेता जीवनबहादुर शाहीले जानकारी दिए । 

‘बैठकले बिसी र श्रेष्ठको नाम सिफारिस गरेको छ’ शाहीले भने, ‘सपथ भोलिमात्रै हुन्छ ।’ काँग्रेसले बिसीलाई सामाजिक विकास र श्रेष्ठलाई जलस्रोत तथा उर्जा विकास मन्त्रीका लागि सरकारलाई सिफारिस गरेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप