सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

माओवादीका जिल्ला नेता तामाङको निधन

बिहीबार, २० जेठ २०७८, २२ : ४८
बिहीबार, २० जेठ २०७८

नेकपा माओवादी केन्द्रका जिल्ला नेता विष्णुबहादुर तामाङ को निधन भएको छ । सिरहाको कर्जन्हा नगरपालिका ५ का ७८ वर्षीय तामाङको उपचारको क्रममा बिहीबार निधन भएको हो ।

कोरोना सङ्क्रमणबाट मुक्त भइसकेका उनको उपचारको क्रममा दमकस्थित आम्दा अस्पतालमा मृत्यु भएको जनाइएको छ ।  उनको शव गृह जिल्लास्थित घर ल्याउने काम भइरहेको कर्जन्हा नगरपालिका ५ का वडा अध्यक्ष भुषण खातीले जानकारी दिए । उनको शव शुक्रबार बिहानमात्र दाहसंस्कार गर्ने उनले बताए ।

तामाङ २०४८ सालको आम निर्वाचनमा सिरहा क्षेत्र नम्बर ५ बाट तत्कालिन संयुक्त जनमोर्चाबाट निर्वाचित भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप