सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

हेटौंडा अस्पतालमा थप २ जना कोरोना संक्रमितको मृत्यु

शुक्रबार, २१ जेठ २०७८, १४ : ३३
शुक्रबार, २१ जेठ २०७८

कोरोना संक्रमणका कारण हेटौंडा अस्पतालमा उपचाररत २ जनाको मृत्यु भएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको कोभिड–१९ उपचार कक्षमा उपचार गराइरहेको २ जना पुरुषको बिहीबार राती मृत्यु भएको अस्पतालका कोभिड इन्चार्ज डा.सागर काफ्लेले जानकारी दिए । उनका अनुसार मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका–१३ का ४१ वर्ष र हेटौंडा–४ का ७३ वर्षका पुरुष रहेका छन् ।

मृतक दुवै पुरुषमा केही दिनअघि संक्रमण पुष्टि भएको र स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि अस्पताल भर्ना भएका थिए । उनीहरुको अस्पतालको आइसियुमा भर्ना गरी उपचार भइरहेको थियो । योसँगै कोरोना संक्रमणका कारण हेटौंडा अस्पतालमा उपचारका क्रममा २४ जना महिला र ४४ जना पुरुष गरी कुल ६८ जनाको मृत्यु भइसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप