बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

तुलसीपुर मेट्रो हस्पिटललाई अक्सिजन कन्सन्ट्रेटर सहयोग

शुक्रबार, २१ जेठ २०७८, १४ : ५१
शुक्रबार, २१ जेठ २०७८

याक एण्ड यतिले तुलसीपुर मेट्रो हस्पिटललाई पन्ध्र लाख बराबरको अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । नेपाल घर भएर हाल अमेरिकामा बस्दै आएका याक एण्ड यतिका संचालक सतिश गौचनले १० वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको तुलसीपुर उपमहानगरपालिका प्रेस संयोजक ओपेन्द्र बस्नेतले जानकारी दिए । अक्सिजनको अभावमा कुनै पनि नागरिकले अकालमा ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यले हस्पिटललाई कन्सन्ट्रेटर उपलब्ध गराएको गौचनले बताए । अक्सिजन कन्सन्ट्रेटरको पहल, तुलसीपुर उपमहानगरपालिका शिक्षा सल्लाहकार शिशिर खनालले गरेका थिए । अस्पतालमा ५० बेडको अक्सिजन सहितको आइसोलेसन संचालनमा ल्याइएको छ । 

तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले सहयोगी संस्था र पहलका लागि लाग्ने दुबै जनालाई धन्यवाद दिए । विभिन्न संघसंस्था, सामाजिक अभियन्ता, चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी र नागरिकको सहयोगका कारण कोरोना विरुद्धको अभियानमा लड्न सहज भएको पाण्डेले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप