सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कर्णाली प्रदेशको वर्षे अधिवेशन जेष्ठ २४ मा

शुक्रबार, २१ जेठ २०७८, १५ : १२
शुक्रबार, २१ जेठ २०७८

कर्णाली प्रदेशसभाको आठौँ (वर्षे)अधिवेशन बोलाइएको छ । प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले अधिवेशन यहि जेष्ठ २४ का लागि आव्हान गरेका हुन् । नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम यहीँ जेष्ठ २४ गते दिउँसो २ बजेदेखि अधिवेशन सुरु हुनेछ । 

हिजो (बिहीबार) बसेको सर्वदलीय बैठकले प्रदेशसभाको वर्षे अधिवेशन अविलम्ब बोलाउन आग्रह गरेको गरेको थियो । भने प्रतिपक्षी दल नेकपा एमालेले भने बजेट अधिवेशन बोलाउन यसअघि नै आग्रह गरिसकेको छ । सरकारले नयाँ आर्थिक वर्षका लागि झण्डै ३० अर्बको बजेट ल्याउने तयारी गरेको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप