सेती अस्पतालमा थप २ कोरोना संक्रमितको मृत्यु
शुक्रबार, २१ जेठ २०७८, १६ : ५३
कैलालीको सेती प्रादेशिक अस्थाई कोरोना अस्पतालमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा अस्पतालमा उपचारको क्रममा उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा घोडाघोडी १ कैलालीका ५७ वर्षीय पुरुष र गोदावरी ९ कैलालीका ५० वर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ ।
त्यस्तै ६ सय ५७ नमुनाको परीक्षण गर्दा ५१ जनामा कोरोना संक्रमण पुष्टी भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले रातोपाटीलाई जानकारी दिए । संक्रमण पुष्टि हुनेमा कैलालीको धनगढीका ५ जना पुरुष र १ महिला छन भने अन्य जिल्लाका २९ पुरुष र १६ महिला छन् ।