सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कर्णालीका २ मन्त्रीको सपथ आइतबार हुने

शुक्रबार, २१ जेठ २०७८, १८ : ०१
शुक्रबार, २१ जेठ २०७८

सुर्खेत । कर्णाली सरकार सहभागी हुने २ मन्त्रीको सपथग्रहण आइतबार हुने भएको छ । काँग्रेस संसदीय दलको बैठकले शुक्रबार (आज) औपचारिक निर्णय गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई जानकारी दिएको हो । बिहिबार नेपाली काँग्रेस संसदीय दलले सामाजिक विकास मन्त्रीमा सुर्खेतका यज्ञबहादुर बिसी र जलस्रोत तथा उर्जा विकास मन्त्रीमा जुम्लाका दीनबन्धु श्रेष्ठको नाम अनौपचारिक रुपमा सिफारिस गरेको थियो । 

मुख्यमन्त्री शाही निकट स्रोतका अनुसार काँग्रेस संसदीय दलको औपचारिक निर्णय ढिलो आएकोले आइतबारमात्र नियुक्ति र पद तथा गोपनीयताको सपथ ग्रहण हुने भएको छ । नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि चैत अन्तिम साता काँग्रेस र माओवादी केन्द्रबीच सत्ता साझेदारीबारे सहमति भएको थियो । २०७४ को निर्वाचनपछि काँग्रेसले पहिलोपटक माओवादी केन्द्रसँग कर्णालीबाट सत्ता साझेदारी गर्न लागेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप