प्राश्नाको ‘भाग्य लेख्ने मसी’ सार्वजनिक
आइतबार, २३ जेठ २०७८, १२ : ५६
गीतकार शान्तिराम भट्टराईको शब्द रहेको गीत ‘भाग्य लेख्ने मसी’ सार्वजनिक भएको छ । शक्ति बल्लभको संगीत र मनोहर सुनामको संगीत संयोजन रहेको गीतमा प्राश्ना शाक्यको स्वर रहेको छ ।
भाग्य लेख्ने मसीको स्टुडियोमा नै रेकर्डिङ अवस्थाको भिडियो तयार पारिएको छ । भिडियोमा सुरेश पन्तको छायाँकन तथा सम्पादन रहेको छ ।