जोखिम भत्ता दिन मन्त्रालयले माग्यो विवरण
आइतबार, २३ जेठ २०७८, १७ : १७
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड —१९ रोकथाम नियन्त्रण र उपचारमा संलग्न फ्रन्टालाइनर स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध गराउन विवरण माग गरेको छ ।
फ्रन्टलाइटर स्वास्थ्यकर्मी तथा कर्मचारी ५० प्रतिशत जोखिम भत्ता उपलब्ध गराउन मन्त्रालयले विवरण माग गरे हो ।
मन्त्रायलयले आइतबार सूचना जारी गरि सरकारी अस्पताललाई पत्र पठाउँदै विवरण माग गरेको हो ।
मन्त्रालयले सबै सरकारी आइसोलेसन सेन्टर, प्रयोगशाला र अस्पतालहरुसँगलाई विवरण बुझाउन निर्देशन दिएको हो । सम्झौता वा सञ्चालन गर्ने निर्णय, बिरामीको रियल टाइम रिपोर्टिङ, ड्युटीमा खटिएकाको मात्र ड्युटी लिष्ट र ड्युटीमा खटिएकाहरुको मात्र जोखिम भत्ता भुक्तानी गर्ने जनाएको छ ।