बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

हृदयघात भएका कोरोना संक्रमितको नोबेलमा भयो शल्यक्रिया

आइतबार, २३ जेठ २०७८, २१ : ३०
आइतबार, २३ जेठ २०७८

विराटनगर । हृदयघात भएर आएका एक कोरोना संक्रमितको नोबेल शिक्षण अस्पतालमा आकस्मिक शल्यक्रिया गरिएको छ । हृदयघात भएर अस्पताल भर्ना भएका इटहरी–३ का ५५ बर्षीय कोरोना संक्रमित पुरुषको सफलतापूर्वक एन्जियोप्लाष्टि गरिएको हो ।

नोबेलका निर्देशक एवं मुटुरोग बिशेषज्ञ डा.राजेश नेपाल, डा.सुशान्त कटुवाल लगायत चिकित्सकहरुको टोलीले संक्रमितको शल्यक्रिया गरेको हो ।

एक साता अघि कोरोना संक्रमण पुष्टि भएका उनी घरमै होम आइसोलेशन बसेका थिए । आकस्मिक रुपमा छाती दुख्न थालेपछि उनलाई नोबेल अस्पताल भर्ना गरियो । परीक्षण गर्दा हार्टअट्याक भएको देखिएपछि तत्काल प्राइमरी एन्जियोप्लाष्टि गरिएको नोबेलका निर्देशक एवं मुटुरोग विशेषज्ञ डा.नेपालले बताए । ‘होम आइसोलेशनमा बसेका बेला चेस्टपेन भएर अस्पताल ल्याउँनु भएको थियो । सुरुमा मुटुको इसीजी गर्दा हार्टअट्याक देखियो । त्यसपछि एन्जियोग्राफी गर्दा मुटुको देव्रे नशा पूर्ण रुपमा ब्लक देखिएपछि एन्जियोप्लाष्टि गरेर ब्लकेज खोलेका छौं,’ डा.नेपालले भने, ‘यस्तो अवस्थामा अरु रिपोर्ट पर्खन थाल्यो भने विरामीको मुटु झन–झन कमजोर हुँदै गएर ज्यान जान्छ । त्यसैले विरामीको ज्यान बचाउँन कोरोना संक्रमित थाहा पाउँदा–पाउँदै पनि स्वास्थ्य सावधानी अपनाएर प्राइमरी एन्जियोप्लाष्टि गरेका हौं ।’

संक्रमितको खुट्टाको नशाबाट सुक्ष्म तार छिराएर मुटुको व्लक खोली त्यहाँ जाली लगाइएको हो । चिकित्सकहरुले पीपीई लगाएर पूर्ण रुपमा स्वास्थ्य सावधानी अपनाई एन्जियोप्लाष्टि गरेका हुन् । अहिले विरामीको स्वास्थ्य अवस्था सामान्य छ ।

त्यस्तैगरी मोरङको कानेपोखरी घर भएका ४८ बर्षीय कोरोना संक्रमित पुरुषको पनि नोबेलमा एन्जियोग्राफी गरिएको छ । उनमा चार दिनअघि कोरोना संक्रमण पुष्टि भएको हो । छाती दुखेर अस्पताल भर्ना भएका संक्रमितको एन्जियोग्राफी गर्दा मुटुको नशा सामान्य ब्लक देखिएकाले थप उपचार भइरहेको चिकित्सकहरुले बताएका छन् ।

यसअघि दुर्घटना भएर मस्तिष्कमा रगत जमेर आएकी सुनसरीको बर्जु गाउँपालिका–४ की ३८ बर्षीय कोरोना संक्रमित महिलाको पनि नोबेलमा सफल शल्यक्रिया गरिएको थियो । कोरोना संक्रमितलाई अन्य स्वास्थ्य समस्या हुँदा ज्यान थप जोखिममा हुने भएकाले उनीहरुलाई जस्तोसुकै उपचार गर्न पनि नोबेल तयार रहेको नोबेलका सञ्चालक डा.सुनिल शर्माले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप