बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

हेटौडा अस्पतालमा अक्सिजन प्लान्ट राख्न मकवानपुर घरजग्गा ब्यवसायी संघद्वारा ३८ लाख सहयोग

आइतबार, २३ जेठ २०७८, २१ : ४२
आइतबार, २३ जेठ २०७८

मकवानपुर । हेटौडा उपमहानगरपालिकाको समन्वयमा हेटौडा अस्पतालमा जडान भएको अक्सिजन प्लान्टको रकम मकवानपुर घरजग्गा ब्यवसायी संघले ब्यहोरेको छ । संघले सो प्लान्टका लागि ३८ लाख रुपैयाँ सहयोग गर्ने भएको हो । 
उक्त रकम प्लान्ट खरिद गरेर ल्याउने दिपक खनाललाई संघका अध्यक्ष ध्रुव घिमिरेले रकम हस्तान्तरण गरेका छन् । रकम हस्तान्तरण कार्यक्रममा बोल्दै हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले समस्यामा भएको अवस्थामा आफुहरुलाई सहयोग गरेको भन्दै संघको प्रशंसा गरे ।

हेटौडा अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्ने विषयमा आफु निकै चिन्तित रहेको र तत्कालै निर्माण गर्न सफल भएको भन्दै मेयर महतले आलोचना बीच काम गर्नुपर्ने धारणा ब्यक्त गरे । 

कार्यक्रममा बोल्दै मकवानपुर घरजग्गा ब्यवसायी संघका अध्यक्ष घिमिरेले हेटौडामा अक्सिजनको अभावमा मानिसहरुको ज्यान जान नपरोस् भन्ने उद्देश्यले सहयोगको हात अगाडी बढाएको बताए । कार्यक्रममा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार राजेश प्रसार्इँ लगायतको सहभागिता रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप