सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नुवाकोटमा कोरोनाबाट थप ३ जनाको मृत्यु

आइतबार, २३ जेठ २०७८, २२ : ३९
आइतबार, २३ जेठ २०७८

नुवाकोटमा कोरोना संक्रमति भएर पछिल्लो चौबीस घण्टामा थप तीन जनाको निधन भएको छ । दुई जनाको त्रिशूली अस्पतालमा र एक जनाको घरकै एकान्तबासमा निधन भएको स्वास्थ्य कार्यालय नुवाकोटका सूचना अधिकृत उत्तम खनालले जानकारी दिए ।

योसँगै जिल्लामा संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या २९ जना पुगेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । हाल जिल्लामा कोरोनाको सक्रिय संक्रमितको सङ्ख्या ९४४ जना रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप