जोर्डनको दोस्रो गोल, नेपाल २–० ले पछाडि
सोमबार, २४ जेठ २०७८, २२ : ५९
काठमाडौं । विश्वकप तथा एसियन कपको संयुक्त छनोट अन्तर्गत सोमबार नेपाल र जोर्डनबीच भएको खेलमा नेपाल २–० ले पछि परेको छ ।
मध्यान्तर अघि १–० ले अग्रता लिएको जोर्डनले मध्यान्तरपछि ४८ औं मिनेटमा दोस्रो गोल गरेको हो ।
जोर्डनका लागि दुवै गोल बाहा फैजलले गरेका हुन् ।