सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

पोखरामा रेडिमिक्स्चर दुर्घटनामा एक युवकको मृत्यु

मङ्गलबार, २५ जेठ २०७८, १९ : १५
मङ्गलबार, २५ जेठ २०७८

पोखरामा रेडिमिक्स्चर दुर्घटनामा हुँदा एक युवकको मृत्यु भएको छ । मंगलबार पोखराको सराङकोटबाट पोखरा बजारतर्फ आउँदै गरेको ग १ क ३१८७ नम्बरको रेडिमिक्स्चर मेथलाङमा दुर्घटना हुँदा सहचालक अनिरोध थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पोखरा चाउथे स्थित रहेको गण्डकी निर्माण समन्वय प्रालिको रेडीमिक्सचर अनियन्त्रित भई दुर्घटना हुँदा सहचालक पोखरा १४ चाउथेका २९ वर्षीय अनिरोध थापाको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा परेर मिक्सचरले च्यापेका सहचालक थापालाई उद्धार गरी उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याएकोमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा रेडिमिक्स्चरका चालक कोटेश्वर घर भई पोखरा –५ मालेपाटन बस्ने ३५ वर्षीय राजन ठकुरी गम्भीर घाइते भएका छन् । टाउकोमा चोट लागेका घाइते ठकुरीको स्वाथ्य विज्ञान प्रतिष्ठामै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप