आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मकवानपुरको बागमतीबाट भेरोसिल खोप लगाउन सुरु

मङ्गलबार, २५ जेठ २०७८, १९ : ५४
मङ्गलबार, २५ जेठ २०७८

मकवानपुरमा कोरोना विरुद्धको चिनियाँ (भेरोसेल) खोपको पहिलो मात्रा लगाउन सुरु गरिएको छ । मकवानपुरको बागमती गाउँपालिकाबाट उक्त खोपको पहिलो मात्रा लगाउन सुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । 

बागमती गाउँपालिकाका ६० वर्षदेखि ६४ वर्ष उमेर समूहका नागरिकहरुलाई उक्त  खोप लगाउन सुरु गरिएको हो ।  बागमतीको गाउँपालिकाको वेतिनि स्वास्थ्य चौकीमा मंगलबार १७ जना नागरिकहरुले खोप सेवा लिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दिनेश गुप्ताले जानकार दिए । 

गाउँपालिकामा उक्त खोप लगाउन सो उमेर समूहका ८ सय ७० जना नागरिक रहेको र जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरबाट ४ सय २० भाइल खोप उपलब्ध भएको उनले बताए ।  मौसमका कारण आज खोप लगाउन आउनेको संख्या न्यून रहेको भन्दै केहीदिन खोप सेवा निरन्तर चल्ने उनको भनाई छ । 

त्यस्तै मकवानपुरको हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका र अन्य गाउँपालिकाहरुमा बुधबारबाट उक्त खोप लगाउन सुरु गरिने जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिए । 
मकवानपुरका सबै स्थानीय तहका लागि स्वस्थ्य आपूर्ति केन्द्रमार्फत् प्राप्त कुल ६ हजार ५ सय भाइल खोप स्थानीय तहको जनघनत्व र यसअघि कोभिसिल्ड खोप लगाउने नागरिको संख्याको आधारमा वितरण गरिएको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप