बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

स्वास्थ्य मन्त्रालयद्वारा नर्सिङ निरीक्षक तिमिल्सिनासँग सात दिने स्पष्टीकरण माग

बिहीबार, २७ जेठ २०७८, १८ : १३
बिहीबार, २७ जेठ २०७८

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालकी नर्सिङ निरिक्षक दिव्य तिमिल्सिनासँग ७ दिने स्पष्टीकरण माग गरेको छ । बिहीबार मन्त्रालयले सूचना जारी ५ वर्षदेखि बिना सूचना भएकी अस्पताल उपस्थित नभएकी नर्सिङ निरिक्षक  तिमिल्सिनासँग ७ दिने स्पष्टीकरण मागेको हो ।

बिना सूचना २९ भदौ २०७३ देखि बिदा स्वीकृत नगराएर कार्यालयमा अनुपस्थित भएकी उनलाई मन्त्रालयले स्पष्टीकरण गरेको छ । तिमिल्सिनालाई नेपाल स्वास्थ्य सेवा ऐन, २०७३ को दफा ७४ ९१० (ज) को कसुरमा सोही ऐनको दफा ७२ (ख) (१) बमोजिम भविष्यमा स्वास्थ्य सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउनेतर्फ सजाय गर्नुपर्ने देखिएकोले तपाईलाई नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ७४ (१) (ज) को कसुरमा किन विभागीय कारवाही नगर्ने ? भन्दै मन्त्रालयले ७ दिनभित्र स्पष्टीकरण पेश गर्न भनेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप