प्रदेश आयुर्वेद अस्पतालका डाक्टरमाथि हातपात, ३ जना पक्राउ
बिहीबार, २७ जेठ २०७८, २० : ३४
प्रदेश आयुर्वेद अस्पताल सुर्खेतका डाक्टरहरूमाथि हातपात भएको छ। डाक्टरहरु शंकरप्रसाद रिजाल, यादव उपाध्याय र स्वास्थ्यकर्मी लोकप्रसाद रेग्मीमाथि हातपात भएको हो। अपरिचित युवाहरुको समूहले साँझ सवा ६ बजेतिर हातपात गरेका हुन्।
डाक्टरहरु सामान्य घाइते भएका छन्। डाक्टरमाथि हातपात गर्ने ३ जना युवाहरुलाई नियन्त्रणमा लिइएको सुर्खेतका डीएसपी रामप्रसाद घर्तीमगरले जानकारी दिए । पक्राउ परेका युवाहरुको विवरण खुलाइएको छैन।