बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

गजल (धरहरा विशेष)

शुक्रबार, २८ जेठ २०७८, ११ : ०६
शुक्रबार, २८ जेठ २०७८

बहर - मुतकारिब मुसम्मन सालिम

बनायो नि जसले सिरानी मलाई 

उसैले जलायाे डढेलाे लगाई

मलामी कसैले नझार्नु नि आँशु

म जादैछु टाढा असाध्यै रमाई

सबैको म साथी भएरै रहन्छु

भलो होस् सबैको  मनैमा जगाई

तिमीले  भनेरै  लगाए छु माया 

नजानी तिमीले गरायौ पराई 

सधैँ धरहराको जपेको छु नाम

उठेको छु आजै म छाती ठडाई 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप