सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

पछिल्लो २ महिनायता विपदका घटनामा परेर ४९ जनाको मृत्यु

आइतबार, ३० जेठ २०७८, १४ : ४६
आइतबार, ३० जेठ २०७८

पछिल्लो २ महिनायता देशभर भएका विपदका घटनामा परेर ४९ जनाको मृत्यु भएको छ । २ महिनायता भएका ६७५ वटा विपदका घटनामा परेर ४९ जनाको मृत्यु भएको हो । तीमध्ये सबैभन्दा बढी चट्याङ लागेर २२ जनाको मृत्यु भएको छ भने आगलागीमा परेर ९ जनाको मृत्यु भएको छ । 

चट्याङ र आगलागीपछि जनावरको आक्रमणबाट ८ जनाको मृत्यु भएको छ भने वर्षाका कारण ३ जनाको मृत्यु भएको छ । त्यस्तै, सर्पदंशका कारण २ जनाको मृत्यु भएको भने डढेलोमा परेर ३ जनाको मृत्यु भएको छ ।  

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जारी गरेको दैनिक विपद बुलेटिनका अनुसार घटनामा परेर १७५ जना घाइते भएका छन् ३४८ वटा चौपायाको मृत्यु भएको छ । गत वैशाख १ गतेदेखि जेठ ३० गतेसम्म भएका ती घटनामा अनुमानित ४२ करोड, ३३ लाख, ९३ हजार, ६९० रुपैयाँ बराबरको क्षति भएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप