निषेधाज्ञा खुकुलो बनाएसँगै सडकमा बढ्न थाल्यो सवारीको चाप, तस्विरमा हेर्नुहोस्
बिहीबार, ०३ असार २०७८, १३ : २९
असार १ गतेबाट उपत्यकाको लकडाउनलाई केही सहज बनाएसँगै सडकमा सवारीसाधनको चाप बढ्न थालेको छ । विशेष गरेर कार्यालय समयमा राजधानीका मुख्य चोकहरुमा सवारीको लामो लाइन नै देख्न सकिन्छ । नयाँ बानेश्वर, कोटेश्वर, कलंकी, भद्रकाली, थापाथली लगायत क्षेत्रमा प्रहरीको जाँचले केही बेर ट्राफिक जाम नै हुने गरेको छ ।
काठमाडौँ उपत्यकाका तीन जिल्लाका प्रजिअहरुको बैठकले असार १ बाट निषेधाज्ञालाई खुकुलो बनाउँदै खाद्यान्न पसल खोल्ने समय बढाउनुका साथै, अनलाइन डेलिभरी, टेक अवे सेवालगायत सञ्चालन गर्ने अनुमति दिएको छ ।
हेरौँ तस्विरहरुः