ओलीको दावी : प्रतिनिधिसभा विघटन राजनीतिक विषय हो, कानुनी छिद्रहरुले राजनीतिक स्थिरता दिन सक्दैन
बिहीबार, ०३ असार २०७८, १३ : ५४
प्रधानमन्त्री केपी शर्माओलीले प्रतिनिधिसभा विघटन राजनीतिक विषय भएको दावी गरेका छन् । ‘प्रतिनिधिसभाको विघटन गरी निर्वाचनमा जाने विषय नितान्त राजनीतिक विषय हो । सरकारको गठन वा विघटन राजनीतिक कारणहरूले हुन्छ । नयाँ स्थिर सरकार बन्छ वा बन्दैन भन्ने कुरा तत्कालीन राजनीतिक समीकरणका आधारमा हुन्छ ।
यस्ता राजनीतिक प्रश्नमा अदालत प्रवेश नगर्ने संवैधानिक अभ्यास रहेको छ’, ओलीले महान्यायाधिवक्ताको कार्यालयमार्फत सर्वोच्चमा बुझाएको लिखित जवाफमा भनिएको छ । ओलीले कानुनी छिद्रहरुले राजनीतिक स्थिरता दिन नसक्ने पनि बताएका छन् ।