डब्बुले ल्याए गजल गीत ‘अँधेरीमा थिएँ म’
बिहीबार, ०३ असार २०७८, १६ : ४८
गीतकार डब्बु क्षत्रीको नयाँ गजल गीत ‘अँधेरीमा थिएँ म...’ भिडियो सहित सार्वजनिक भएको छ । गीतमा सुवर्णकुमार, सरिता भारती, दीपा कोइरालाको स्वर रहेको छ । गीतको भिडियोमा भने सरिता भारती, राहुल श्रेष्ठ, जोयल्स बस्नेत, विना रानामगरको अभिनय छ । रामशरण उप्रेतीको छायाँकन रहेको भिडियो सुरेश कुमार राउतले सम्पादन गरेका हुन् ।
प्रेमीसँग छुटाएर अर्काेसँग विवाह गर्न खोजेपछि युवतीले आत्महत्याको बाटो रोजेको कथा प्रस्तुत गरिएको भिडियाे डब्बु क्षत्रीले निर्देशन गरेका हुन्