सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नेपाल चीन–सीमामा पहिरोले नदी थुन्यो, तामाकोशीमा बाढी आउने चेतावनी

शुक्रबार, ०४ असार २०७८, २२ : २९
शुक्रबार, ०४ असार २०७८

नेपाल चीन सिमानामा भारी बर्षापछि गएको पहिरोले नदी थुनिएपछि तामाकोशी नदीमा बाढी आउने चेतावनी दिइएको छ ।  जिल्ला प्रशासन कार्यालय दोलखाले शुक्रबार राती ९ :४५ बजे  अत्यन्त जरुरी सूचना जारी गर्दै सचेत रहन आग्रह गरेको छ । 

नेपाल चीन सीमा क्षेत्रमा रहेको टिङग्री काउन्टीको रोङसिया शहर र सो को आसपासमा भारी वर्षा आएसँगै पहिरो गई नदीको  प्रवाह रोकिएको जनाइएको छ ।  सो बारेको सूचना आएकोले कुनैपनि समयमा तामाकोशी नदीमा पानीको मात्रा बढेर बाढी आउन सक्ने जनाइएको छ । 

सूचनामा भनिएको छ– ‘नेपाल–चीन सीमा नजिकको वस्ती लगायत तामाकोशी नदीको तटीय क्षेत्रमा जोखिम सृजना हुन सक्ने संभावना देखिएकोले सो क्षेत्रमा बसोवास गर्नुहुने सम्पुर्ण दिदीबहिनी तथा दाजुभाइहरु सतर्क र सजग रहन, कुनै खतराको संकेत प्राप्त हुनासाथ सुरक्षित स्थानतर्फ जान हुन अनुरोध छ ।’ साथै स्थानीय तहका अधिकारी र नजिकको सुरक्षा निकायमा तुरुन्त जानकारी गराउन पनि आग्रह गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप