बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

राशिअनुसार आजको आफ्नो भाग्य हेर्नुहोस्

शनिबार, ०४ कात्तिक २०७४, १० : ३०
शनिबार, ०४ कात्तिक २०७४

आजको राशिफल

वि.स २०७४ साल कात्तिक ४ गते। शनिबार। इश्वी सन् २०१७ अक्टोबर २१ तारिख। शकसंवत् १९३९। साधारण संवत्सर। दक्षिणायन। शरद ऋतु। नेपाल संवत् ११३८ कछलाथ्व। कार्तिक शुक्लपक्ष। तिथि– द्वितीया, २५:३५ बजेउप्रान्त तृतीया। नक्षत्र– स्वाती, १०:१३ बजेउप्रान्त विशाखा। योग– प्रीति, १६:१४ बजेउप्रान्त आयुष्मान्। करण– वालव, १२:५७ बजेदेखि कौलव, २५:३५ बजेउप्रान्त तैतिल। आनन्दादिमा सिद्धि योग। चन्द्रराशि– तुला। 

काठमाडौंमा सूर्योदय– ६:०८ बजे, सूर्यास्त– १७:२७ बजे र दिनमान २८ घडी १९ पला। 

यमद्वितीया, भाइटीका किजा पूजा, तिहार यम पञ्चक समाप्ति। 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) शुभचिन्तक तथा आफन्तको सुझाबलाई मनन गरि काम गर्दा गन्तब्य पहिल्याउँन सहज हुँनेछ । साझेदारहरु मिलेर गरिने कुनैपनि व्यापार व्यावसाय फस्टाएर जानेछ भने मनग्गे रुपैया पैसा कमाउँन सकिनेछ । भौतिक सम्पति तथा बिलाशि बस्तुको प्रयोग मार्फत भनजस्तो आम्दानि गर्न सकिनेछ । माया प्रेममा एक अर्काबिच नजिक हुँने समय रहेकोछ भने जीवन साथिको सहयोगले राम्रा कामहरु गर्न सकिनेछ । पढाई लेखाई प्रगति पथमा लगाडि बढ्ने हुँदा मन प्रशन्न रहनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) नोकरिमा प्रतिष्पर्धिहरुलाई हराउँदै अगाडि बढ्न सकिनेछ भने सत्रुता राख्नेहरु आफै साईड लाग्नेछन् । बिवादित निर्णयहरु तपाईकै पक्षमा आउँने हुँनाले मन प्रशन्न हुँनेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजा आउँने हुँदा घर परिवार तथा आफन्तहरु खुसि हुँनेछन् । व्यापार व्यावसायमा लगानि गरि मनग्गे आम्दानि हुँने योग रहेकोछ । पुराना स्वास्थ्य सम्बन्धि समस्याहरु हल भएर जानेछन् भने संकटबाट मुक्ति मिल्ने समय रहेकोछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) पढाई लेखाई बिग्रने तथा शिक्षा क्षेत्रसँग सम्बन्धित व्यावसायबाट भनेजस्तो आम्दानि नहुँदा आर्थिक सन्तुलन बिग्रने योग रहेकोछ । माया प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले बाध्यता बस टाडा हुँनु पर्नेछ । आफन्त तथा सन्तानले तपाईको काममा सहयोग नगर्ने तथा भनेको नमान्दा महत्वपुर्ण अवसरहरु गुम्न सक्छ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या आउँने योग रहेकोछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) राजनिति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन पाईने योग रहेकोछ  । व्यापार व्यावसाय फस्टाएर जानेछ भने कृषि तथा पशुपालन व्यावसायमा लगानि गरि मनग्गे लाभ लिन सकिनेछ । आमा वा अग्रजको सहयोगले राम्रा कामहरु गर्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने घर परिवारमा आफन्तसँगको सम्बन्ध सुदृड भएर जानेछ । पढ्ने लेख्ने काममा मन जाने हुँनाले जीवनमा सफल भएको महशुष हुँनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) मुद्दा मामिला तथा अदालतबाट हुँने फैसला तपाईकै पक्षमा आउँनेछन् भने प्रतिष्पर्धिहरुलाई परास्त गर्दै अगाडि बढ्न सकिनेछ । छोटो दुरिको व्यावसायिक यात्राको तय हुँनेछ भने यात्राबाट भनेजस्तो उपलब्धि हासिल हुँनेछ । बिद्यार्थि बर्गहरुले पढाईमा मेहनेत गरि राम्रो नतिजा ल्याउँन सक्नेछन् । पारिवारिक माहोलमा दिन बित्ने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । भाग्यले साथ दिने हुँदा कामहरु समयमा बन्नेछन् । 

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) बिभिन्न अवसर आएपनि समयको गतिसँग अगाडि बढन् नसक्दा पछि परिनेछ । आफन्त तथा कुटुम्बसँग मनमुटाव हुँने योग रहेकोछ । सभा समारोहमा तयारि बिनानै दिईने प्रस्तुतिले कुनै अर्थ नराख्न सक्छ ध्यान दिनुहोला । पढाई लेखाईमा कमजोर भएको महशुष हुँनेछ भने नतिजा अरुतिरनै जानेछ । खानपानमा बिशेष ध्यान दिनुहोला खानपानको तालमेल नमिल्दा स्वास्थ्यमा समस्या आउँनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) व्यापार व्यावसाय फस्टाएर जाने हुँनाले मनग्गे धन सम्पति जोड्न सकिनेछ । बिलाशि तथा भौतिक सम्पतिको प्रयोग गर्न पाईने हुँनाले अरुको मन आफुतिर लोभ्याउँन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्निबिच बिश्वासको बाताबरण मजबुत हुँनेछ । अध्ययन अध्यापनमा अरुभन्दा एक कदम अगाडि बढि नतिजा आफैतिर ल्याउँन सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको समर्थन पाईने हुँनाले पद प्राप्तिको गतिलो योग रहेकोछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)  स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउँन सक्छ खानपानमा ध्यान दिनुहोला । व्यापार व्यावसायमा बैदेशिक क्षेत्रसँग सम्बन्धित कारोबार फस्टाएर जानेछ भने बेदेशिक यात्राको तय गर्न सकिनेछ । बिदेशमा बसेर काम गर्नेहरुलाई घर परिवारको यादले सताउँने हुँदा मन प्रशन्न रहनेछ । परिवार तथा आफन्तजन तपाईदेखि टाडिनेछन् । माया प्रेममा धोका हुँनेछ । अनाबस्यक ठाउँमा बल प्रयोग हुँनुको साथै बिद्या तथा प्रतिश्पर्धामा अरु भन्दा पछि परेको भान हुँनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आफन्त जन तथा दाजुभाईबाट  भनेजस्तो सहयोग पाईने हुँदा मन प्रशन्न रहनेछ । माया प्रेममा सामिप्यता बडेर जानेछ भने परिवार तथा सन्तानको प्रगतिमा मन प्रशन्न हुँनेछ । व्यापार व्यावसायबाट मनग्गे आम्दानि गर्न सकिनेछ । भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको गतिलो सम्भावना रहेकोछ । बिद्यामा प्रतिष्पर्धिहरुलाई किनारा लगाउँदै नतिजा आफैतिर ल्याउँन सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) पढार्ई लेखाईमा ध्यान केन्द्रित हुँनेछ भने मेहनेत गर्दा महत्वपुर्ण उपलब्धि हासिल गर्न सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको साथ तथा समर्थन रहने हुँनाले पद पाप्तिको गतिलो योग रहेकोछ । नयाँ काम पाउँने तथा गरिरहेको ठाउँमा बढुवा हुँनेछ । व्यापार व्यावसायमा लगानि गरि मनग्गे धन तथा सम्पति कमाउँन सकिनेछ । समयले साथ दिने हुँनाले अन्य बौद्धिक क्रिर्याकलापमा पनि ध्यान जानेछ ।  

कुम्भ(गू ,गे,गो,सा,सी,सू,से,सो,दा) आफ्नो रितिरिवाज जोगाउने काममा समय खर्च हुँनेछ । सामाजिक काम गरि समाजमा नाम तथा दाम दुबै कमाउँन सकिनेछ । पढाई लेखाईमा सुधार भएर जाने तथा आफन्तहरुलाई खुसि पार्न सकिनेछ । व्यापार व्यावसायमा लगानि बढाई प्रसस्त नाँफा कमाउँने समय रहेको छ । प्रेम प्रशङगमा रमाउँन चाहनेहरुका लागि दिनले खासै साथ दिने छैन । 

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आउँने ठाउँबाट रुपैया पैसा नआउँनाले बनाएका योजनाहरु भताभुङग हुँनेछन् । व्यापारमा उधारो लगेर नतिर्नेहरु हाबि हुँनेछन् भने आम्दानि नहुँनाले दैनिकी प्रभावित हुँनेछ । माया प्रेममा तित्तता आउँने तथा दाम्पत्य जीवनमा एक अर्कालाई शंकाको दृष्टिले हेर्नाले घरमा समस्या उत्पन्न हुँनेछ । समय र परिस्थितिको राम्र्रो सँग अध्ययन गरेर मात्र कुनै काम गर्नुहोला काम बिग्रन सक्छ । बैक तथा शेयर बजारको लगानि भने फस्टाएर जानेछ ।

तपाईको दिन शुभ रहोस् ।
यूवा ज्योतिषि डिपि भण्डारी
ज्योतिष परामर्ष सेवा केन्द्र
काठमाडौं फोन न.९८०८३०७२७५
(चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप