पाँचथरमा पहिरोमा परेर १ जनाको मृत्यु, १ जना घाइते
सोमबार, ०७ असार २०७८, १७ : २७
पाँचथरको याङवरक गाउँपालिका २ मा पहिरोसँगै झरेको ढुंगाले लागेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा याङवरक गाउँपालिका २ लेखेवाका ५८ वर्षीय टेकनाथ धौराली रहेका छन् । उनको टाउको र शरीरमा ढुंगा बज्रिएर घट्नास्थलमानै मृत्यु भएको हो भने सोही स्थानका ५२ वर्षीय खड्कबहादुर राई सामान्य घाइते भएका छन् ।
१ नम्बर प्रदेश प्रहरी कार्यलय विराटनगरका अनुसार आज बिहान सवा ७ बजे उनीहरुलाई नुवाखोलाबाट निकालिएको पानीको कुलो बनाउने क्रममा अचानक माथिबाट पहिरो संगै आएको ढुंगाले लागेको थियो । घटनाको जानकारी पाउन साथ प्रहरी चौकी फलैचा र सिमा प्रहरी चौकी च्याङथापुबाट गएको प्रहरी टोलीले घाइतेलाई उपचारका लागि स्थानीय स्वास्थ्य चौकीमा पठाएको छ ।