दूध तथा दुग्धजन्य पदार्थ ओसार पसार गर्ने सवारीलाई नरोक्न डेरी उद्योग संघको अनुरोध
बुधबार, ०९ असार २०७८, १९ : २१
काठमाडौं । दूध तथा दुग्धजन्य पदार्थ ओसार पसार गर्ने सवारीलाई नरोक्न डेरी उद्योग संघले अनुरोध गरेको छ ।
हरेक दिन संचालन गर्नुपर्ने वाध्यता रहेको दूध जस्तो चाँडै बिग्रने अति संवेदनशिल खाद्य पदार्थ ओसार पसार गर्ने ट्यांकर तथा बिक्री वितरण गर्ने डेलिभरी भ्यानलाई ढुवानीका क्रममा जोर बिजोर र कार्यालय समयको नाममा सुरक्षा निकायबाट ठाउँ/ठाउँ अवरोध भएबाट नियमित दूध संकलन, प्रशोधन र बिक्री वितरणमा गम्भिर असर पर्न गएको संघले बताएको छ ।
यसको महत्व र संबेदनशिल बुझी जस्तोसुकै विषम परिस्थिती र कडा लकडाउनमा समेत बिना रोकतोक आवतजावत गर्न दिइएको थियो । हाल एक्कासी आएर यस्तो वर्षायाममा जोर बिजोर र कार्यालय समयको नाममा ठाउँ ठाउँमा अवरोध गरिँदा किसान तथा उद्योगी मारमा पर्न गएको तर्फ ध्यानाकर्षण गराएको छ ।