सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सेयरको कारोबार ७ अर्बमा खुम्चियो

बिहीबार, १० असार २०७८, १५ : ५७
बिहीबार, १० असार २०७८

कुनै बेला १९ अर्बसम्मको कारोबार भएको सेयर बजारमा उच्च गिरावट आएको छ । साताको अन्तिम (बिहिबार) ७ अर्ब रुपैयाँको  सेयर कारोबार भएको छ । नेप्से सूचक १६.९६ अंकले घटेर २८४३ बिन्दुमा अडिएको छ । २ सय १९ कम्पनीको १ करोड ३२ लाख १० हजार भन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।

१३ समूहमध्ये २ वटा बाहेक बाँकी सबै समूहका सूचक घटेका छन । खरिदबिक्री रकममा ३७ करोड ८३ लाख रुपैयाँभन्दा बढी सहित नेपाल पुनर्बिमा कम्पनी अग्रस्थानमा रहेको छ । दोस्रो र तेस्रोमा क्रमशः नेपाल इन्सुरेन्स र अपर तामाकोशी परेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप