सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

डोटीमा भिरबाट लडेर युवकको मृत्यु

शुक्रबार, ११ असार २०७८, १३ : २९
शुक्रबार, ११ असार २०७८

जोरायल गाउँपालिका–१ घण्टेश्वर सामुदायिक वनको खाली भिरबाट लडेर एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा बडीकेदार गाउँपालिका–१ का अन्दाजी १८ वर्षीय दीपकबहादुर विक रहेका छन् । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका बिहीबार आफ्नी दिदीको घर जोरायल–१ झुरकाणा आएका विक आज बिहान स्थानीय गोगनपानी बजारबाट खाद्यान्न किनेर दिदीको घर फर्किने बेला चिप्लिएर घण्टेश्वर सामुदायिक वनको ‘खाली’ भन्ने भिरबाट लड्दा घटनास्थलमा नै मृत्यु भएको प्रहरी चौकी गैराले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप