बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

लमजुङकी ९२ वर्षीया वृद्धाले जितिन् कोरोना, तस्विरमा हेर्नुहोस्

शुक्रबार, ११ असार २०७८, १७ : ३४
शुक्रबार, ११ असार २०७८

लमजुङ सुन्दर बजार नगरपालिका निवासी ९२ वर्षीय कालिकादेवी बाँस्तोलाले कोरोना संक्रमण जितेकी छिन् । गत जेठ २७ गते राधा स्वामी सत्सङ कोभिड अस्पताल भर्ना भएकी उनको दुई सातापछि कोरोना रिर्पोट नेगेटिभ आएको हो । अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको राधा स्वामी सत्सङ कोभिड उपचार केन्द्रमा सिभिल करारमा कार्यरत डा. राम थापा क्षेत्रीले जानकारी दिए । 

बाँस्तोलाको रक्तचाप, श्वासप्रश्वासको तह सबै ठीक रहेको क्षेत्रीले बताएका छन् । १४ दिन आइसोलेशनमा राखेर उपचार गर्दा उनलाई कुनै जटिलता देखिएन । उपचारपछि निको भएर बास्तोला लमजुङ फर्किएकी छिन् ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप