सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कर्णालीमा कोरोनाबाट ३ जनाको मृत्यु

शुक्रबार, ११ असार २०७८, १८ : ४१
शुक्रबार, ११ असार २०७८

कर्णाली प्रदेशमा शुक्रबार कोरोना भाइरस (कोभिड–१९) का कारण ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा  २ जना सुर्खेत र १ जना मुगुका रहेका छन् । योसँगै कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३०७ जना पुगेको छ । यस्तै आज थप  ११० जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य सेवा निर्देशनालयका अनुसार ५३ जनामा गरिएको आरटी–पीसिआर विधिको परीक्षणबाट २४ र ४३३ जनामा गरिएको एन्टिजेन विधिको परीक्षणबाट ८६ जनामा कोरोना भाइरस पुष्टि भएको हो । पछिल्लो समय आरटी–पीसिआर विधिभन्दा एन्टिजेन विधिको परीक्षणको दायर बढाइएको छ’ स्वास्थ्य निर्देशक डा.रविन खड्काले भने । यस्तै आज १२४ जनाले कोरोनालाई जितेर डिस्चार्ज भएका छन् । सक्रिय संक्रमितको संख्या प्रदेशभर १ हजार २३० मा झरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप